अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी दुवै लिग कपको क्वाटरफाइनलमा

बिआरटीनेपाल २०७७ असोज १५ गते १:१६ मा प्रकाशित

म्यानचेस्टर युनाइटेड लिग कप (इएफएल कप) अर्थात काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको चौथो चरणको खेलमा ब्राइटनमाथि ३–० को जित निकाल्दै म्यानचेस्टर युनाइटेडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा स्कट म्याकटोमिने, ख्वान माता र पउल पोग्बाले गोल गरे ।

स्कटले ४४ औँ मिनेटमा गोल गरी अवे मैदानमा युनाइटेडलाई अग्रता दिलाए । माताले ७३ औँ मिनेटमा अग्रता दोब्बर पारे भने पोग्बाले ८० औँ मिनेटमा गोल गरेपछि टिम ३–० ले विजयी भयो । यस्तै बुधबार राति नै भएको खेलमा म्यानचेस्टर सिटी पनि बर्नलीमाथि ३–० को जित निकाल्दै अन्तिम ८ मा पुगेको छ । अवे मैदानमा भएको खेलमा सिटीका लागि रहीम स्ट्रर्लिङ्गले ३५ र ४९ औँ मिनेटमा गरी दुई तथा फेरान टोरेसले ६५ औँ मिनेटमा गोल गरेका हुन् ।

यसैगरी वेष्ट ह्यामलाई ४–१ ले पराजित गरेर एभर्टन तथा न्यूपोर्टलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेर न्यूक्यासल पनि क्वाटरफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू