अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

बलि दिन भारत पुर्याईएकी नेपाली युवतीको उद्धार

बिआरटीनेपाल २०७७ असोज १४ गते ७:०४ मा प्रकाशित

भारतमा बलि दिन सुनसरी हुँदै भारत लगिएकी एक युवतीको उद्धार गरिएको छ ।सप्तरीको दौलतपुर गाउँपालिका–३ की १८ वर्षीया ती युवतीलाई सशस्त्र प्रहरीको टोलीले भारतीय सुरक्षा बलको सहयोगमा भन्टाबारी नाकाबाट बुधबार सकुशल उद्धार गरेको हो ।युवतीलाई लैजाँदै गरेका एक महिला र दुई पुरुषलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको चार नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सप्तरीको अग्नीसाइबर कृष्णसवरण गाउँपालिका–४ का २९ वर्षीय साहिल मन्सुरी, सप्तरीकै शम्भुनाथ नगरपालिका–७ का २२ वर्षीया सुचिनकला चौधरी र सिरहाको लहान नगरपालिका–१९ का ३२ वर्षीय जीवन साह रहेका छन् । तस्करहरुले भारतको बिहार, भीमनगरको मन्दिरमा पूजा गर्न जाँदा पुजारीले तीन लाखभन्दा बढी पैसा दिने भन्दै युवतीलाई फकाएर बलि दिन लगेको अनुसन्धानमा खुलेको सशस्त्र प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।

कोरोना महामारीका कारण नेपाल–भारत सीमानाका बन्द रहेको छ । तस्करहरुले खुला नाकाबाट लुकीछिपी युवतीलाई भारत प्रवेश गराएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू