अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

नेप्से ३ दशमलव १९ अङ्कले घट्यो, झण्डै २ अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७७ असोज १४ गते ६:५२ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से बुधबार सामान्य घटेको छ । नेप्से ३ दशमलव १९ अङ्कले घटेर १५ सय ५० दशमलव ४३ विन्दुमा झरेको हो ।विकास बैंक, जलविद्युत् र फाइनान्सबाहेक अरु समूहको शेयर सामान्य घटेको छ । जीवन बीमा समूहको शेयर ३५ दशमलव सात, निर्जीवन बीमा समूहको ५१ दशमलव ५५ र व्यापार समूहको शेयर ११ अङ्कले घटेको छ ।

बुधबार एक सय ९० वटा कम्पनीका ८० लाख १९ हजार कित्ता शेयर एक अर्ब ९५ करोड रुपैयाँमा खरिद बिक्री भए । आठ वटा हाइड्रोपावर र दुई विकास बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू