अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

पीसीआर परीक्षणको शुल्क समायोजन गर्न प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे अल्टिमेटम

बिआरटीनेपाल २०७७ असोज १४ गते ६:४७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न आठ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षणको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । सरकारले तोकेको अधिकतम २ हजारभन्दा बढी शुल्क लिइरहेका ती प्रयोगशालालाई २४ घण्टे चेतावनी दिएको र यदी २४ घण्टाभित्र समायोजन नभएमा प्रयोगशाला सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गुणस्तर मापन तथा नियमन महाशाखाको प्रतिवेदनअनुसार एक पटकलाई चेतावनी दिइएको र २४ घण्टाभित्र शुल्क समायोजन नभएमा आवश्यक कारबाहीका लागि वाणिज्य विभाग र गृह मन्त्रालयलाई पत्र लेख्ने निर्णय भएको प्रवक्ता गौतमले बताउनुभयो ।

यस्तै सरकारले तोकेको मापदण्डबाहिरका मानिसको परीक्षण गर्ने, अनुमति नलिएका सङ्घ संस्था तथा बिचौलियाका रुपमा नमुना सङ्कलन गरेको पाइएमा पनि कारबाही गरिने चेतावनी दिइएको छ । यसरी चेतावनी पाउने स्वास्थ्य संस्थाहरुमा स्टार अस्पताल, ह्याम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायग्नोस्टिक र इन्ट्राप्रिड डायग्नोस्टिक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू