अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२५ | Colorodo: 20:40

प्रिमियर लिगः लिभरपुलको लगातार तेस्रो जित

बिआरटीनेपाल २०७७ असोज १३ गते ०:१२ मा प्रकाशित

इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा लिभपुरलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लण्डन क्लबविरुद्ध जित निकाल्दै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ ।

आर्सनलले लिगका सुरुवाती दुई खेलमा जित निकालेको थियो । लिभरपुलले भने शतप्रतिशत जितसहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । लिग अन्तर्गत गएराति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३–० ले पराजित गरेको छ ।

पहिलो हाफमा दुई गोल गरेको एस्टन भिल्लाले दोस्रो हाफको सुरुमा थप एक गोल गरी जित निश्चित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू