अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

इराकमा सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँचको मृत्यु

बिआरटीनेपाल २०७७ असोज १२ गते २३:५९ मा प्रकाशित

इराकी सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । राजधानी बगदादस्थित एक आवासिय भवनमा सशस्त्र समूहले आक्रमण गर्दा दुई महिला र तीन बालबालिकोको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बगदादमा विमानमा अक्रमण गर्ने क्रममा उक्त आवासिय भवनमा रकेट प्रहार गरिएको सरकारी अधिकारीहरुले दावी गरेका छन् ।

सेनाले आक्रमणमा परी अन्य केही बालबालिकाहरु रहेको जनाएको छ । आक्रमणमा पर्ने सबै जना एकै परिवारका सदस्य रहेको बताइएको छ । आक्रमणले सर्वसाधारणमा डर त्रास पैदा गर्न खोजेको सरकारी अधिकारीहरले जनाएका छन् । आक्रमण लगत्तै प्रधानमन्त्री मुस्तफा अल कधिमीले घटनामा संलग्नहरुलाई कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

गत वर्षको अक्टुबर र जुलाई महिनामा अमेरिकी दूतावास नजिकै भएको रकेट हमला र अमेरिकी सेनाले एक उच्च इरानी सैनिकका उच्च अधिकारी क्वासेम सोलेमानीको हत्यापछि उत्पन्न तनावका कारण विभिन्न आक्रमण भएका थिए ।

उक्त घटनाको सर्वत्र विरोध भएसँगै अमेरिकाले थप सुरक्षा सतर्कता अपनाएको जनाएको थियो । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेर सत्ता समिकरण फेरबदल गरेयता लगातार आक्रमण र हिंसात्मक घटनाहरु भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू