अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

त्रिविमा अनलाइनबाटै प्राध्यापक र सहप्राध्यापक छनोट

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:५० मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिलोपटक अनलाइन माध्यमबाट प्राध्यापक छनोट गरेको छ । विदेशी विज्ञसहितको छनोट टोलीले ५० वर्षभन्दा कम उमेरका प्रतिस्पर्धीमध्येबाट दुई प्राध्यापक र १६ सहप्राध्यापक छानेको हो ।

उनीहरुलाई अनुसन्धानात्मक विशिष्टताका आधारमा खुला प्रतियोगिताबाट छनोट गरिएको आयोग अध्यक्ष प्राध्यापक लालुप्रसाद पौडेलले बजानकारी दिनुभयो । त्रिविले विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत दोस्रोपटक खुला प्रतिस्पर्धाबाट प्राध्यापक र सहप्राध्यापक छनोट गरेको हो । यसअघि २०६६ सालमा भौतिक रूपमा उपस्थित गराएर ६ प्राध्यापक र ५ सहप्राध्यापक छनोट गरिएको थियो । ।

आयोगले गत पुसमा अनलाइन माध्यमबाट पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको थियो । तोकिएको समयसीमाभित्र १ सय ६ जनाले आवेदन दिएका थिए । तीमध्ये ७१ जनाको मापदण्ड पुगेको थियो । छनोट समितिमा आयोगका अध्यक्षसहित ३ सदस्य, एक विदेशी तथा दुई नेपाली विज्ञ सहभागी रहेको बताईएको छ ।

अन्तर्वार्तामा विदेशी विज्ञले १० नम्बर दिन पाउने अनिवार्य व्यवस्था गरिएको छ । आयोगले भारत, बंगलादेश, मलेसिया, जापान, क्यानाडा, अमेरिका, बेल्जियम, फ्रान्स, थाइल्यान्ड र बेलायतबाट विज्ञहरू सहभागी गराएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू