अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

बलात्कारपछि हत्या भएकी बालिका सम्झनाका हत्यारालाई फाँसी दिन माग गर्दै माइतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:५० मा प्रकाशित

बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीका हत्यारालाई फासीको सजाय माग गर्दै सोमबार पनि माइतीघरमा प्रदर्शन भइरहेको छ। नेपाली कांग्रेसनिकट भातृसंगठनहरु तथा अन्य युवाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका छन्। सम्झना कामीलाई न्याय दिन माग गर्दै विभिन्न युवा, दलित अधिकार पक्षधर संस्थाहरु, नेपाली कांग्रेसका भातृ संगठनहरु लगायतले दिनहुँजसो राजधानी तथा नेपालका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन्।

गत बुधबार विभत्स अवस्थामा भेटिएकी सम्झनाको पोस्टमार्टमबाट बलात्कारपछि हत्या भएको खुलेको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा २० वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेको छ। राजेन्द्र अपराधिक पृष्ठभूमिको रहेको र यसअघि पनि बलात्कारको घटनामा मुछिएको तर त्यतिबेला मिलापत्रमा छुटेको प्रहरीले जनाएको छ। घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै हत्या भएको थियो। सम्झना मष्टा निमाविमा कक्षा-६ मा अध्ययन गर्थिन्। घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । उनको आमा बाबु रोजगारीका लागि भारतमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू