अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

नेपाल र ओमानबीच छिट्टै श्रम सम्झौता हुने

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:४९ मा प्रकाशित

ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइन र लागि नेपाली राजदूत शर्मिला पराजुलीले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्नुभएको छ ।दुवै पक्षले आइतबारको भेटमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको संख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

राजदूत पराजुलीले सन् २०२० को सुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमानलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेस गरेको ओमानसम्बन्धी प्रतिवेदनकाबारेमा पनि जानकारी गराउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू