अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न गृहमन्त्री बादलको निर्देशन

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:४८ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बलत्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताउनुभएको छ । बलत्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको बताउनुभयो ।

उहाँले यस्तो मिलापत्र गराउनेहरुलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यकता परे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संशोधन गरिने विश्वास दिलाउनुभयो । मन्त्री थापाले बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशील र गम्भीर रहेको समेत स्पष्ट पार्नुभउको छ । त्यसक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलात्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरिसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारवाही अघि बढाइएको जानकारी गराउनुभयो ।

ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलात्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारवाही, पीडितलाई उपचार, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू