अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

पोखरा महानगरमा अनलाईन मार्फत किसानको वर्गीकरण शुरु

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:४४ मा प्रकाशित

पोखरा महानगरपालिकाले अनलाईन मार्फत किसानहरुको वर्गीकरण गर्ने भएको छ । महानगरमा रहेका सम्पूर्ण किसानहरुलाई परिचयपत्र वितरण गर्नका लागि अनलाईन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रकृया अगाडी बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरले तयार पारेको वेवसाईट पोखरा कृषि डटकम मा राखिएको अनलाईन दर्ता फारम भरेर कृषकहरु सुचिकृत हुन सक्नेछन् ।

आज महानगरका प्रमुख मान बहादुर जिसीले वेवसाईट क्लिक गरी शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै मेयर जिसीले कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । फारम भर्ने तरिका र यसलाई थप प्रभावकारी बनाउन कृषहरुलाई प्रत्यक्ष रुपमै जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

कृषि क्षेत्रको समग्र बिकासको लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरि वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहेको मेयर जिसीले बताउनुभयो । उहाँले स्मार्ट सिटी बनाउने अभियानका लागि यस किसिमको कार्य सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू