अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 20:52

राष्ट्रपति भण्डारीद्धारा तीन अध्यादेश जारी

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:४० मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन अध्यादेश जारी गर्नुभएको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्ने लगायत अन्य कडा प्रावधान राखिएको छ । त्यस्तै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ । अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू