अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

बिआरटीनेपाल २०७७ असोज १२ गते ७:३८ मा प्रकाशित

सरकारले विभिन्न २५ वटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही असोज ११ गते आइतबार बसेको बैठकले सातओटा र असोज ८ गते बसेको बैठकले १८ ओटा निर्णयहरु गरेको हो ।सोमबार सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् ती निर्णयहरु सार्वजनिक गर्नुभएको छ । जसअनुसार नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारीलाई नियुक्त गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी बल, नेपालको गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० रुपैयाँका दरले प्रोत्साहन भत्ता र गोताखोर सशस्त्र प्रहरीलाई १० लाख रुपैयाँसम्मको विशेष बिमा गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले विभिन्न आर्थिक तथा प्राविधिक सहायता स्वीकार गर्नेलगायतका निर्णयहरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू