अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

म्यानचेस्टर सिटीको घरेलु मैदानमा लज्जाजनक हार

बिआरटीनेपाल २०७७ असोज १२ गते ३:०६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित भएको छ ।घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग लज्जास्पद पराजय भोगको हो । लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे ।

यो जितसँगै लेस्टर लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार ब्यहोरेको छ ।जितसँगै शीर्ष स्थानको लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ । सन् २००५ यता म्यान्चेस्टर सिटीले पहिलो पटक घरेलु मैदानमा पाँचगोल खाएको हो ।

सिटीको दुई खेलमा तीन अंक छ । यस्तै लिग अन्र्तगत गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले वुल्भ्सलाई ४–० तथा लीड्सले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी टोटनह्याम र न्यूक्यासलले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।

प्रतिक्रिया