अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

अनेसास बाल साहित्य समितिमा पूर्णता

बिआरटीनेपाल २०७७ असोज ११ गते ९:१८ मा प्रकाशित

अमेरिका । बालबालिकालाई नेपाली भाषा र साहित्यको बारेमा जानकारी गराउने, सिर्जनात्मक लेखनको प्रशिक्षण दिने र उनीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित अनेसास बाल साहित्य समितिले निरन्तरता पाएको छ| डा. केशव शर्माको संयोजनमा बनेको समितिमा थप १२ जना सदस्य र ५ जना सल्लाहकार मनोनीत भएका छन् ।

समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले समितिका सदस्यहरूलाई मनोनयन गरेको हो ।

बाल साहित्य समिति
१. संयोजक – डा. केशव शर्मा

सदस्यहरू –
२. प्रवीण टण्डन – अस्ट्रेलिया
३. ईश्वर बगाले – अमेरिका
४. केबी पारखी – जापान
५. गङ्गा बस्नेत – कोरिया
६. खेमराज सुबेदी – कतार
७. अर्जुन घिमिरे – पोर्चुगल
८. विष्णुमाया विभु – नर्वे
९ सुभद्रा पराजुली – अमेरिका
१०. लक्ष्मी उप्रेती – नेपाल
११. शाश्वत पराजुली- नेपाल
१२. सञ्जय राई ‘छुच्चा’- सेसेल्स
१३. अग्नि पराजुली- अमेरिका
रहेका छन् |

यसै गरी सल्लाहकारहरूमा रामबाबु सुबेदी (नेपाल), प्रमोद प्रधान (नेपाल), प्रभा भट्टराई (नेपाल), परशु तिमील्सिना (अमेरिका) र आलोक चालिसे (जापान) रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू