अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

नव गायिका अस्मिता परियारको नयाँ गीत “कुन सुरुवात”

बिआरटीनेपाल २०७७ असोज ११ गते ९:१५ मा प्रकाशित

नेपाली साङ्गीतिक आकाशमा सम्भावना बोकेकी नव गायिका हुन अस्मिता परियार । पछिल्लो समय नेपाली साङ्गीतिक आकाशमा थुप्रै गायक गायिकाहरूको आगमन भयो तर धेरै आए कमैले सफलता पाए । तर यही भिडमा अर्की गायिकाको आगमन भएको छ गायिका अस्मिता परियारको ।

आधा दशक भन्दा लामो समय सङ्गीतमा लगाव राख्नुभएको अस्मिता ललित कला नेपाल एकेडेमीमा सङ्गीतको अध्यापन गरिरहनु भयको छ र उनले सङ्गीता राणा प्रधान र लावणी चक्रवर्ती सँग पनि शास्त्रीय सङ्गीत सिकिरहनु भएको छ र यिनै नव गायिका अस्मिता परियारको नयाँ गीत सार्वजनिक भएको छ । र गीत हो “कुन सुरुवात” ।गायिका अश्सांमिता परियारको “कुन सुरुवात ” बाट नेपाली साङ्गीतिक आकाशमा साङ्गीतिक यात्रा तय भएको छ । साङ्गीतिक करिएरमा आफ्नो पहिलो कोसिस लिएर आउनुभएको गायिका परियार गीत “कुन सुरुवात” ले रेकर्ड पश्चात् सबै बाट राम्रो तारिफ पाएको थियो र यही गीतलाई ट्रि ईन्टरटेनमेन्टको युट्युब च्यानलमा मार्फत शनिवार भिडियो सहितको गीत सार्वजनिक गरिएको छ ।

शनिवार सार्वजनिक भएको गीतमा शब्द प्रतिमा श्रेष्ठको रहेको छ भने अनिल शाहीको सङ्गीत रहेको छ ।सङ्गीतकार अनिल शाही कै आफ्नै स्टुडियो ब्लु बेरी स्टुडियोमा रेकर्ड गरिएको थियो ।

गीतको भिडियो लाई टैवा प्रोडक्सनका लागी शान थापाले निर्देशन गरेका हुन ।

प्रतिक्रिया