अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

पोखरा अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर तयार

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:४४ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले पोखरा ३३ पशुपतिघाटमा निर्माण गर्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार भएको छ । रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ अनुसार रंगशाला निर्माण गर्न १ अर्व ६० करोड लाग्ने जनाइएको छ । प्रदेश सरकारको गठन भएको तिन वर्ष पछि पशुपतीघाटको १ सय ७४ रोपनी जग्गा प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि पहल शुरु भएको हो ।
विआरएस सोलुसन इन्जिनियरिङ्गले करिव १६ लाखको लागतमा निर्माण गरेको डिपिआरमा रंगशालाको क्षमता भने १८ हजार दर्शक क्षमताको हुने बताईएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न आर्थिक वर्ष २०७७÷ ०७८ का लागि २ करोड विनियोजन गरेको थियो ।

डिपीआरमा रंगशाला सम्म पुग्ने बाटो, नदी नियन्त्रण, पेविलियन, पिच, होस्टल, भिआइपी विल्डिङ, मिडिया कक्ष लगाएत रहने डिपिआरमा जनाइएको छ लगायतका पुर्वाधार समेटिएको छ । पोखराको क्रिकेट खेलका एक मात्र रहेको हालको पोखरा रंगशालाको क्रिकेट मैदान पछि निर्माण हुन लागेको पशुपतीघाट क्रिकेट मैदानले पोखरामा अव कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न सहज हुने विश्वास लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू