अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

विश्वभर २ करोड ४४ लाख ५२ हजार १ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:४२ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ४४ लाख ५२ हजार १ सय ७८ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ३१ लाख ४ हजार २ सय ६० पुगेको छ । हालसम्म, कुल सङ्क्रमितमध्ये ९ लाख ९९ हजार ४ सय ३३ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७६ लाख ५२ हजार ६ सय ४९ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६५ हजार ३ सय ८८ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७५ लाख ८७ हजार २ सय ६१ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७२ लाख ८८ हजार ९४ जना संक्रमित भएका छन् भने २ लाख ९ हजार १ सय ८० जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ५९ लाख ९६ हजार ८ सय २३ जना संक्रमित हुँदा ९४ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४७ लाख १८ हजार १ सय १५ जना संक्रमित भएका छन् भने १ लाख ४१ हजार ४ सय ४१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू