अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

पोखरामा अख्तियार कर्मचारीसहित गण्डकी प्रदेशमा ३३ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:४० मा प्रकाशित

कास्कीका ३ जना सहित गण्डकी प्रदेशमा आज थप २८ कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार आज अपरान्ह कास्की जिल्लाका ३ जना सहित, लमजुङ जिल्लाका ५, स्याङजा जिल्लाका २ नवलपुरका १५, तनहुँका ६ तथा पर्वतका २ गरी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा पोखरा ९ का अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा कार्यरत २५ र ४६ वर्षका पुरुष तथा मादी गाउँपालिका ३ का ३४ वर्षीय पुरुष लमजुङ् सुन्दरबजार ९ का २४, ३९ र ४६ वर्ष का ३ पुरुष तथा २८ वर्षीया एक महिला , स्याङजा चापाकोट र वालिङ नगरपालिकाका ३८ र ४४ वर्षीय पुरुष, नवलपुर देबचुलिका ७ वटा वडाका २५ देखि ५३ वर्ष उमेर समुहका १२ जना पुरुष तथा २६ र २८ वर्षीया महिला कावासोती ६ का ३८ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी तनहुँ म्याग्दे गाउँपालिकाका ६ वटा वडाका २६, ३१ ,३५ र ३७ वर्षका पुरुष तथा १५ र ३२ वर्षीया महिला एवं पर्वत कुश्मा नगरपालिकाका नेपाल आर्मीमा कार्यरत २८ र ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ७७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू