अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

नेपालमा थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:३९ मा प्रकाशित

मुलुकमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । योसहित नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मुलुकभर अहिले १९ हजार १९ जना कोरोनाका सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार २ सय ८१ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । अहिलेपनि २ सय २५ जनाको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू