अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

मन्त्रीपरिषद् बैठक: नार्कको निर्देशकमा भण्डारी नियुक्त

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:३८ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहनुभएका भण्डारीलाई नै कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ । बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियारी प्रदान गरेको हो । अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो । नियमित रुपमा सोमबार तथा विहीवार बस्ने गरेको बैठक आज नै राखिए पनि कुनै विशेष प्रस्तावबारे छलफल नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू