अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

प्रिमियर लिगमा एभर्टनको लगातार तेस्रो जित

बिआरटीनेपाल २०७७ असोज ११ गते १:११ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो ।

क्रिस्टलको मैदानमा एभर्टनका लागि डोमिनिक लेविन र रिचार्लीसनले एक एक गोल गरे । क्रिस्टलका चिखोउ कोउयाटेले एक गोल फर्काए ।जितसँगै एभर्टनले ३ खेलमा ९ अंक जोडेको छ । एभर्टन तालिकाको शीर्ष स्थानमा रहेको छ । एभर्टनले पहिलो खेलमा टोटेनहमलाई १–० ले हराएको थियो ।

दोस्रो खेलमा एभर्टनले वेस्ट ब्रुमलाई ५–२ ले हराएको थियो । क्रिस्टलको यो पहिलो हार हो । क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ । यस अघि क्रिस्टलले पहिलो खेलमा साउथह्याम्पटनलाई १–० ले र दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू