अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

भारतका पूर्व मन्त्री तथा भाजपाका संस्थापक सदस्य जसवन्त सिंहको निधन

बिआरटीनेपाल २०७७ असोज ११ गते ०:३२ मा प्रकाशित

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्य मध्ये एक जसवन्त सिंहको ८२ वर्षको उमेरमा आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजस्थानको बाडमेरका जसवन्तले अटल विहारी बाजेपेयीको सरकारमा विदेश, रक्षा र वित्त मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ भारतीय सेनाका पूर्व मेजर पनि हुनुहुन्छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति गम्भीर दुःख व्यक्त गर्नुभएको छ । ट्वीट मार्फत उहाँले श्रद्धाञ्जली अर्पण गर्दै सिंहले पूरै लगनका साथ देशको सेवा गरेको उल्लेख गर्नुभएको छ । सन् २०१४ मा घरकै बाथरुममा लडेपछि जसवन्त सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसयता सिंह कोमामा रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू