अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

कोरोना संक्रमणबारे अनौठो तथ्य,अँग्रेजी भाषा बोल्ने कम संक्रमित

बिआरटीनेपाल २०७७ असोज १० गते ७:४५ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणको बारेमा अमेरिकी वैज्ञानिकहरुले अनौठो तथ्य फेला पारेका छन् । वैज्ञानिकहरुले गरेको एक अध्ययनका अनुसार कोरोना भाइरस र भाषाबीच सम्बन्ध रहेको अनौठौ तथ्य फेला पारेका हुन् ।उक्त खोज अध्ययनको प्रतिवेदन अनुसार अँग्रेजी भाषा बोल्ने व्यक्तिलाई अरुको तुलनामा कम संक्रमण भएको पाइएको छ । अमेरिकामा गरिएको अध्ययनमा अँग्रेजी भाषा नबोल्ने अमेरिकीहरु बढी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ ।

अमेरिकामा अँग्रेजी भाषा बोल्नेलाई भन्दा स्पेनिश र कम्बोडियन भाषा बोल्ने व्यक्ति बढी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । उनीहरुमा संक्रमणको दर झण्डै ६ गुणा बढी पाइएको छ ।अमेरिकाको यूनिभर्सिटी अफ वाशिंगटन अन्तर्गतको स्कूल अफ मेडिसिनले गरेको खोज अध्ययनपछि यस्तो दाबीसहितको अनौठो रिपोर्ट सार्वजनिक गरिएको हो । ३ सय वटा मोबाइल क्लिनिक र ३ वटा ठूला अस्पतालमा आएका संक्रमितहरुमाथि गरिएको अध्ययनपछि यस्तो रिपोर्ट सार्वजनिक गरिएको वासिङ्टन पोष्टले जनाएको छ ।

गत २९ फरवरीदेखि मे ३१ सम्म ३१ हजार संक्रमितहरुमा गरिएको अध्ययन अनुसन्धानमा १८ दशमलव ६ प्रतिशत गैर अँग्रेजी बोल्नेहरु थिए । जबकी अँग्रेजी भाषा बोल्ने संक्रमित ४ प्रतिशत मात्र थिए । कम्बोडियन भाषा बोल्नेको संख्या २६ दशमलव ९ थियो । यस्तै स्पेनीश र एम्फेरिक भाषा बोल्ने संक्रमितको संख्या २५ दशमलव १ प्रतिशत थियो । अंग्रेजी भाषा बोल्ने ५ दशमलव ६ प्रतिशत अमेरिकी मात्र संक्रमित भएका थिए यी तीन भाषा वाहेक अन्य भाषी संक्रमित ४ दशमलव ७ प्रतिशत थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू