अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

बलात्कारीलाई फाँसीको माग गर्दै माईतीघरमा नारा सहित प्रदर्शन

बिआरटीनेपाल २०७७ असोज १० गते ७:३४ मा प्रकाशित

मुलुकमा एकपछि अर्को गर्दै निर्दोष बालिका, किशोरी र महिला लगातार बलात्कृत हुने तर अपराधीलाई दण्ड र पीडितलाई न्याय नपाएपछि त्यसको विरोधमा फाँसीको माग हुन थालेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलमा बलात्कारविरुद्ध आवाज उठाउन भेला भएकाहरु मध्ये केहीले बलात्कारीलाई फाँसी नदिएसम्म अपराध नियन्त्रण नहुने धारणा राख्दै प्रदर्शन गरेका हुन् ।

बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरिएको विरोधमा प्रदर्शन गर्न भेला भएका प्रदर्शनकारी मध्ये केहीले बलात्कारीलाई फाँसीको माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गर्दै सरकारी रवैयाप्रति प्रश्न उठाएका थिए ।

निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरण जस्तै हजारौं बलात्कार पीडितले न्याय पाउन नसकेको भन्दै उनीहरुले सरकारी संयन्त्र निकम्मा भएको भन्दै आक्रोश पोखेका छन् । राज्य पीडकको मतियार भएको भन्दै प्रदर्शनकारीले आक्रोश पोखेका थिए । बझाङको मास्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या गरेको प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू