अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा’–मन्त्री भट्टराई

बिआरटीनेपाल २०७७ असोज १० गते ७:३३ मा प्रकाशित

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने तयारी थालेको छ ।विगत छ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कोरोना संक्रमण दर कम भए विशेष प्याकेज ल्याउने तयारी गरिएको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुनेबित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठितरुपमा देश दर्शन गराउने बताउनुभयो ।

उहाँले जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको भन्दै आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताउनुभयो ।मन्त्री भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा अघि सारेको बताउनुभयो ।

हप्तामा दुई दिन बिदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयसँग छलफल भइरहेको उहाँको भनाइ थियो । पर्यटनसम्बद्ध सेवाप्रदायक संस्था तथा कम्पनीहरुलेसमेत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष योजनाहरु सार्वजनिक गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू