अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन, केही पक्राउ

बिआरटीनेपाल २०७७ असोज १० गते ७:३२ मा प्रकाशित

चिकित्सा शिक्षा क्षेत्रको आमूल सुधारका लागि भन्दै १९ औं पटक सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलमा शनिबार गरिएको प्रदर्शनमा सहभागि करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।

वरिष्ठ चिकित्सक डा. केसीको जीवन रक्षा र उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको माग गर्दै समर्थकहरुले प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेको थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गरेका थिए ।

जुम्लाबाट अनशन थाल्नु भएका डा. केसी हाल काठमाडौंको शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ र त्यहीँबाट अनशनलाई निरन्तरता दिइराख्नुभएको छ ।जुम्लामा अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौं ल्याइएको थियो । हाल उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू