अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

पोखरामा स्वास्थ्य निर्देशनालयका कर्मचारीसहित थप ७ जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ असोज १० गते ७:३१ मा प्रकाशित

पोखराका ७ सहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी १३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार निर्देशनालयमा कार्यरत ३ जनामा कोरोना पुष्टि भएको छ । नर्देशनालयमा कार्यरत ५३ र ५७ वर्षीय पुरुष र डव्लु.एच ओ आइपिडीमा कार्यरत एक ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । त्यसैगरी पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षिय पुरुष, पोखरा १० का २१ वर्षका पुरुष तथा १९ र ४४ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँ भिमाद १ का भारतवाट आएका १७ र ३६ वर्षका पुरुष, पोखरा स्थित चरक मेमोरियलमा उपचाररत व्यास ११ का १६ वर्षीय पुरुष, लमजुङ कोल्होसोथार ३ का २१ वर्षीय पुरुष, वेसीसहर ८ का २९ वर्षका पुरुष र वेसीसहरकै ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ७३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू