अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

प्रमोद र सुजातको ‘ओइ कान्छी’ सार्वजनिक(भिडियो सहित)

बिआरटीनेपाल २०७७ असोज ९ गते २२:४३ मा प्रकाशित

काठमाडौँ – पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरू नेपाली साङ्गीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ओइ कान्छी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार अर्जुन तिवारीले छायाङ्कन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सार्वजनिक म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पूजा शर्मालाई फिचर्ड गरिएको छ। भिडियोलाई सुशील शर्माले निर्माण गरेका हुन्। भिडियो हेर्नुहोस् :

प्रतिक्रिया