अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

दक्षिण एसियामा कोरोना संक्रमितको संख्या ६६ लाखभन्दा बढी, सबैभन्दा कम भुटानमा २६३ जना संक्रमण

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:४५ मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाली राष्ट्रहरु नराम्रोसँग प्रभावित बनेका छन् । दक्षिण एसियामा हालसम्म ६६ लाख ४ हजार ९ सय ९१ जना संक्रमित भएका छन् भने दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख २३ हजार ६० छ भने ९२ हजार ३ सय ४७ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३ लाख ९ हजार १५ पुगेको छ भने ६ हजार ४ सय ४४ जनाले ज्यान गुमाएका छन्। बंगलादेशको अहिलेसम्म ३ लाख ५६ हजार ७ सय ६७ भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने ५ हजार ९३ जनाको मृत्यु भएको छ। दक्षिण एसियामा बंगलादेशपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ । नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण ७० हजार ६ सय १४ जना संक्रमित भएका छन्, तीमध्ये अहिलेसम्म ४५९ जनाको संक्रमणका कारण निधन भएको छ।

यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३९ हजार १ सय ८६ पुगेको छ भने १ हजार ४५१ जनाले ज्यान गुमाएका छन् । यस्तै माल्दिभ्समा अहिलेसम्म ९ हजार ९ सय ३९ जनामा कोरोना देखिँदा ३४ जनाको मृत्यु भएको छ । श्रीलंकामा ३ हजार ३ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ भने १३ जनाले ज्यान गुमाएका छन्।

दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ । हालसम्म भुटानमा २ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू