अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

पोखरामा ६ कोरोना संक्रमित थपिए, गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:३८ मा प्रकाशित

पोखरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार कास्कीको पोखरा महानगरपालिकाका ४ वटा वडाका ५ पुरुष र १ महिला तथा लमजुङका २ पुरुष गरी गण्डकी प्रदेशमा ८ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेमा पोखरा ४ का ३२ वर्षीय पुरुष, पोखरा ६ का ४६ वर्षीय पुरुष तथा ४८ वर्षीय पुरुष, पोखरा ८ का १९ र ३९ वर्षीय पुरुष तथा पोखरा १७ का २८ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी लमजुङ सुन्दरबजार ५ का ३० वर्षीय पुरुष तथा पोखरा ७ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय १२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू