अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

अर्घाखाँचीमा भीषण पहिरो, १७ घर बगे, दर्जनभन्दा बढी घर जोखिममा

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:३६ मा प्रकाशित

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भीषण पहिरो जाँदा १७ घर बगेका छन्। शुक्रबार दिउसो शीतगंगा नगरपालिका वडा नं १२ को कोठिया मैदान, जोख्ले गैरा गाउँमा गएको पहिरोले घर बगाएको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिनुभयो । घरहरु बगेपनि मानवीय क्षति भएको जानकारी आएको छैन। दिउँसोमा पहिरो आएका कारण अधिकांशले भागेर ज्यान जोगाएको बताईएको छ । उक्त गाउँका अरु एक दर्जनभन्दा बढी घरहरु जोखिममा छन्।

अहिले पनि पहाडबाट पहिरो झरिरहेको र त्यहाँका बासिन्दालाई नजिकैको स्कुलमा लगेर राखिएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम थालेको शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो । घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले भिरालो ठाउँ भएकाले उद्धारमा पनि कठिनाई आएको बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू