अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

विश्वभर २ करोड ३९ लाख ५६ हजार ७ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:३२ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ३९ लाख ५६ हजार ७ सय १४ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख ५७ हजार ९ सय ९२ पुगेको छ । हालसम्म, कुल सङ्क्रमितमध्ये ९ लाख ८८ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७५ लाख १२ हजार ७ सय ५५ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६३ हजार ४ सय २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७४ लाख ४९ हजार ३ सय ३३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७१ लाख ८७ हजार १ सय ७९ जना संक्रमित भएका छन् भने २ लाख ७ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ५८ लाख २३ हजार ६० जना संक्रमित हुँदा ९२ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४६ लाख ५९ हजार ९ सय ९ जना संक्रमित भएका छन् भने १ लाख ३९ हजार ८ सय ८३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू