अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ – अध्ययन

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:३० मा प्रकाशित

कोरोनाभाइरसकाबारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ्रम फैलिएको हो ।अमेरिकीहरुको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाकाबारेमा गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ ।

सर्वेक्षणमा अमेरिका भरीका २१ हजार जना सहभागी भएका थिए । सर्वेक्षण यही अगस्ट ७ देखि २६ सम्म गरिएको थियो । सर्वेक्षणमा सहभागी भएकाहरुमध्ये झन्डै २८ प्रतिशत स्न्यापच्याटका प्रयोगकर्ताहरु, २३ प्रतिशत इन्स्टाग्राम र २५ प्रतिशत विकिपिडिया प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जालमा आएका सूचनाहरुमा विश्वास गर्ने गरेको बताएका थिए । अमेरिकाका नर्थवेस्टर्न, हार्वर्ड, नर्थइस्टर्न र रुटगर विश्वविद्यालयहरुको सञ्जालमार्फत् सर्वेक्षण गरिएको जनाइएको छ ।

उनीहरुका अनुसार ८ प्रतिशत उत्तरदाताहरुले फेसबुकको म्यासेन्जरबाट आफूहरुले सूचना पाउने गरेको जवाफ दिएका थिए । त्यसैगरी, सर्वेक्षणमा सहभागी ह्वाट्सएपका ३१ प्रतिशत प्रयोगकर्ताहरुमध्ये ४ प्रतिशतले त्यहाँ आएका सूचनालाई विश्वास गर्ने गरेको पाइएको छ ।सर्वेक्षणमा सहभागीहरुले सामाजिक सञ्जालहरुसँगै स्थानीय टेलिभिजन, समाचारमूलक अनलाइन, एप्स, सामुदायिक पत्रिकालगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए ।

सर्वेक्षणबाट प्राप्त विवरणहरुलाई नर्थवेस्ट युनिभर्सिटी (एनयू)को वेबसाइटमा बुधबारदेखि राखिएको छ । ‘सर्वेक्षणले सामन्यतः कोरोनाविरुद्धमा भ्रम फैलाउनका लागि सामाजिक सञ्जालहरुले सहयोग गरेको देखाएको छ’(एनयूको राजनीतिशास्त्रका प्राध्यापक जेम्स ड्रुकम्यानले भन्नुभयो ।अध्ययनकर्ताहरुकाअनुसार तुलनात्मकरुपमा वृद्ध व्यक्तिभन्दा ४५ वर्षभन्दा कम उमेरका धेरै व्यक्तिहरुले गलत सूचनालाई पनि विश्वास गरेको पाइएको छ ।

सर्वेक्षणले गलत सूचनाको प्रवाह र मास्कको प्रयोगकाबीचमा बलियो सम्बन्ध रहेको पनि देखाएको छ । गलत सूचनाको सिकार भएका ११ जनामध्ये आठजनाले मास्क प्रयोग गर्न रुचि नदेखाएको सर्वेक्षणका क्रममा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू