अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

२० अर्ब रूपैयाँको ऋणपत्र विक्रीको तयारी

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:२१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले नौ वर्ष अवधिको लागि २० अर्ब रूपैयाँको ऋणपत्र विक्री गर्ने भएको छ ।राष्ट्र बैंकले विकास ऋणपत्र २०८६ ‘घ’ विक्रीको लागि आज सूचना जारी गरेको हो । ऋणपत्रको बोलकबोल असोज ११ गते हुने बताइएको छ भने ब्याजदर पनि बोलकबोलबाटै तय हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यसरी खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पनि पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, आगामी असोज १२ गते ऋणपत्र निष्काशन हुनेछ भने यसको साँवा भुक्तानी २०८६ सालको असोज १२ गते हुनेछ । ऋणपत्र खरिद गर्नेलाई नेपाल राष्ट्र बैंकले अर्ध वार्षिक रुपमा व्याज भुक्तान गर्ने र आर्जित ब्याजमा व्याजकर लाग्ने बताइएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्व र ३ अर्व छुट्ट्याइएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू