अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

साउदी अरबले लगायो भारत, ब्राजिल र अर्जेन्टिना माथि यात्रा प्रतिबन्ध

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:२८ मा प्रकाशित

साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड संक्रमणको कारण देखाउँदै साउदी अरबले सो यात्रा प्रतिबन्धको घोषणा गरेको हो । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो ।

त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिइने गरी उडान पनि बन्द गरेको बताइएको छ । तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन ।

पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना संक्रमितहरु रहेका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू