अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

‘विष’ दिइएका रुसी विपक्षी नेता नाभाल्नी अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:२७ मा प्रकाशित

जर्मनीमा उपचार गराईरहेका रसी विपक्षी नेता अलेक्सी नाभाल्नी अस्पतलाबाट डिस्चार्ज हुनुभएको छ । बर्लीनस्थित चेरिते अस्पतालमा ३२ दिन उपचार गराएपछि नाभाल्नी डिस्चार्ज हुनुभएको छ । ३२ दिनमध्ये २४ दिन नाभाल्नीलार्ई सघन उपचार कक्षमा राखिएको थियो ।हिजो अस्पतालबाट डिस्चार्ज भएपछि नाभाल्नीले कसैको सहयोगबिना एक्लै उभिएको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ ।

कडा खालको स्नायु विष दिइएको आशंका गरिएका नाभाल्नी थप उपचारका लागि अझै केही दिन जर्मनीमै रहनुहुनेछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक मानिने नाभाल्नी गत अगष्ट २० तारिखमा रुसको साईबेरियाबाट मस्को फर्कदै गर्दा विमानमै गम्भिर विरामी हुनुभएको थियो ।

त्यसपछि दुई दिनसम्म साईबेरियाकै ओम्स्क शहरमा उपचार गराएपछि जर्मनीको एउटा च्यारिटी संस्थाको सहयोग र समन्वयमा नाभाल्नीलाई कोमामा रहेकै बेला बर्लिन ल्याईएको थियो । नाभाल्नी र उहाँका समर्थकहरुले रुस सरकारले विष दिएको आरोप लगाईरहेका छन् । रुसले भने आरोप अस्विकार गरेको छ ।

स्विडेन, फ्रान्स र जर्मनीका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा नाभाल्नीको शरिरमा स्नायु विष नोभिचोकको अंश फेला परेको दावी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू