अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

पारिश्रमिक निर्धारण भएपछि महिला क्रिकेट खेलाडी उत्साहित

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:२४ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले महिला क्रिकेटरको श्रेणी विभाजन गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा विभाजन गर्दा १९ महिला खेलाडी समावेश भएका छन् । पुरुष क्रिकेटरलाई भने यसअघि श्रेणीअनुसार पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयको महिला क्रिकेटरले स्वागत गरेका छन् ।

क्यानको यो निर्णयले क्रिकेट चलायमान हुने अपेक्षा गरिएको छ । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यावसायिक बनाउन तलब सुविधा दिनेलगायतका निर्णय भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । महिला क्रिकेट विकासका लागि चालिएको यो महत्वपूर्ण कदमको महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलवासेले स्वागतयोग्य भएको बताउनुभएको छ । महिला क्रिकेटमा लागेको लामो समयपछि महिला क्रिकेटले अगामी दिनमा फड्को मार्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

न्यून अन्तर्राष्ट्रिय सहभागितामा पनि नेपाली महिला टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ । साँघुरो पूर्वाधारका बाबजुत् पनि महिला क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो छाप छोडिरहेको छ । खेलाडीहरुले नेपाली महिला क्रिकेटको स्तर बढवाका लागि आगामी दिनमा अन्तर्राष्ट्रियस्तरका अनुभव र घरेलु प्रतियोगितामा ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू