अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

विश्वभर २ करोड ३७ लाख १० हजार ३ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:२३ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ३७ लाख १० हजार ३ सय ३१ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड २१ लाख ४४ हजार ७ सय ८३ पुगेको छ । हालसम्म, कुल सङ्क्रमितमध्ये ९ लाख ८२ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७४ लाख ५१ हजार ६ सय ५५ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६२ हजार ३ सय ९७ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७३ लाख ८९ हजार २ सय ५८ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७१ लाख ४१ हजार ५ सय ३९ जना संक्रमित भएका छन् भने २ लाख ६ हजार ६ सय १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ५७ लाख ३७ हजार १ सय ९७ जना संक्रमित हुँदा ९१ हजार २ सय ४ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४६ लाख २७ हजार ७ सय ८० जना संक्रमित भएका छन् भने १ लाख ३९ हजार ६५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू