अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

देशभर लगातारको वर्षाले जनजीवन प्रभावित, अझै तीन दिनसम्म वर्षा हुने

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:१८ मा प्रकाशित

देशैभर लगातार आएको पानीले जनजीवन प्रभावित भएको छ । पहाडमा पहिरो जाने, सडक अवरुद्ध हुने समस्या देखिएको छ । ठूला नदीहरुमा बहाव बढ्दा किनाराका बस्तीहरुमा त्रास बढेको छ । कमजोर भूबस्तीहरु पहिरोको चपेटमा परेका छन् । ठाउँ ठाउँमा गएको पहिरोमा परेर केही व्यक्तिको मृत्यु, केही वेपत्ता र घरहरु पहिरोमा पुरिएका छन् ।

अझै थप तीन दिनसम्म बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको दक्षिण क्षेत्रमा रहेको न्यून चापीय रेखा उत्तर पूर्वी क्षेत्रतर्फ परिरहेकाले अझै पानी पर्ने सम्भावना देखिएको हो । हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।

आज राति देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ ।

भोली र पर्सी देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १/२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको मौसम पुर्वनुमान महाशाखाले जनाएको छ ।

सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू