अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१
| Colorodo: 22:16
नेपालमा कोरोना भाइरसका संक्रमितकोे संख्या ६९ हजार ३ सय १ पुगेको छ । गएको २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ११ हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज थप ४ सय ५७ जना निको भएर फर्किएसँगै उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५० हजार ५ सय ११ जना पुगेको छ ।
यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।