अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५० हजार नाघ्यो, ६ जिल्ला संक्रमणमुक्त

बिआरटीनेपाल २०७७ असोज ८ गते ७:१५ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जना कोरोनामुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको हो ।

अब नेपालमा १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ६ सय १४ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ९ हजार ८ सय २३ जना होम आइसोलेशनमा रहेका छन् । त्यस्तै क्वरेण्टीनमा रहेनेको संख्या ६ हजार ५ सय ६५ भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएकामध्ये २ सय ३२ जनाको सघन उपचार कक्ष (आईसीयू) मा र २८ जनाको भेन्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

मुलुकमा ५ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सिरहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही छन् । त्यस्तै सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू