अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

स्याङ्जा पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो

बिआरटीनेपाल २०७७ असोज ८ गते ०:०३ मा प्रकाशित

स्याङ्जामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको वालिङ नगरपालिका–१४ तमादीमा माया नेपालीको घर पुरिँदा एकै घरका ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा माया नेपाली, सेनु नेपाली, दिपक नेपाली, कुलदिप नेपाली, विनिता नेपाली, विनिता नेपालीको छोरा, शिशिर नेपाली र रुपा नेपाली रहेका प्रहरीले जनाएको छ ।

त्यस्तै कालिगण्डकी गाउँपालिका ४, गौतमडाँडाँमा पुरिएर अर्का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका १६ वर्षीय विष्णु दमाई छन्। योसँगै स्याङजामा पहिरोबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । उनीहरुसँगै पहिरोमा पुरिएकी १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी उपचारका लागि पोखरा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू