अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२६ | Colorodo: 18:41

कपिलवस्तुमा ३७ किलो चरेससहित दुई महिला पक्राउ

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:३८ मा प्रकाशित

कपिलवस्तुमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुर मनहरि गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० की शान्ति तामाङ र साविक जिल्ला रोल्पा उवा गाविस वडा नं ५ घर भई हाल कपिलवस्तुको शिवराज ९ बानियाभर बस्ने वर्ष ३५ की वसन्ती घर्ती रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू