अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

म्यानचेस्टर युनाइटेड लिगकपको चौथो चरणमा

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:३४ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग अन्तरगत सम्पन्न पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यो जितसंगै युनाईटेड लिकगपको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । सम्पन्न अर्को खेलमौ वेस्ट ह्यामले पनि हल सिटीमाथि सजिलो ५–१ को जित निकाल्न सफल भयो ।

यसपटक इंग्लिस फुटबल भने कोरोना भाइरस संक्रमणको महामारीले नराम्रोसँग प्रभावित बनेको छ । वेस्ट ह्यामका व्यवस्थापक डेविड मोयस र उनका दुई खेलाडी खेल अगाडि संक्रमित भएको पुष्टि भएको थियो । त्यसैक्रममा खेल सुरु हुन अगाडि मोयस, जोस कलिन र इसा डिप तीनै जना लन्डन स्टेडियम छाडेर ‘आइसोलेसन’ मा गएका छन् । संक्रमणकै कारण टोटनहम र लेयटन ओरियन्टबीचको खेल पनि रद्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू