अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

क्यानको साधारण सभा असोज २८ गते हुने, खेलाडीको जीवन बिमा गरिने

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:३३ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोज २८ गते हुने भएको छ । चितवनमा सम्पन्न बोर्ड बैठकले असोज अन्तिममा साधारण सभा गर्ने निर्णय गरेको हो ।कोरोना महामारीको कारण साधारण सभा भर्चुअल हुने क्यानले जनाएको छ ।

परिस्थिति अनुकुल रह्यो भने भौतिक रुपमा उपस्थिति भएर पनि साधारण सभा आयोजना गर्ने बाटो खुला रहेको क्यान अध्यक्ष चतुर बहादुर चन्दको भनाई छ ।यसअघि क्यानले भदौ १५ भित्र साधारण सभा गर्ने जनाएको थियो । तर, कोरोना भाईरसको महामारी र लकडाउनको कारण सभा रोकिएको थियो ।

क्यानको बोर्ड बैठकले महिला र पुरुष राष्ट्रिय टोलीका खेलाडीको जीवन बिमा गर्ने निर्णय गरेको छ । यसैगरी खेलाडीहरुको प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुमतिको लागि पहल गर्ने र मंसिर भित्र महिला र पुरुषको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय क्यानले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू