अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

कोरोना सङ्क्रमण निको भएपछि पनि सामाजिक भेदभाव कायमै – अध्ययन

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:२० मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्क्रमण भएर निको भएकाहरुमध्ये ८४ दशमलव ३ प्रतिशत व्यक्तिले सामाजिक भेदभाव भोग्नुपरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनअनुसार कोरोनामुक्त भएकामध्ये ८४ दशमलव ३ प्रतिशतले आफूहरुलाई समाजले नराम्रो व्यवहार गरेको बताएका परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।

यस्तै कोरोना निको भएकामध्ये १० दशमलव ९ प्रतिशतले सङ्क्रमणमुक्त भएपछि पनि कमजोर भएको, स्वाद वा गन्ध गुमाएको र रुघाखोकी तथा हाच्छिउँ आइरहने समस्या रहेको बताएका छन् । ३५ प्रतिशतले दुई तीन हप्तासम्म समस्या देखिएको बताएका डा. ज्ञवालीले बताउनुभयो ।

कोरोनामुक्त भएका युवा तथा वयस्कमा समेत केही समयसम्म समस्या रहिरहेको पाइएको छ । परिषद्ले कोरोना सङ्क्रमण भइ निको भएका पाँच सय ५२ जनामा अध्ययन गरेको हो । अध्ययनमा सहभागीमध्ये ८० प्रतिशतले आफूहरु पहिलेकै अवस्थामा पुगेको बताएका छन् भने ११ दशमलव १ प्रतिशतले आफ्नो काम गर्न अरुको सहायता चाहिएको बताएका छन् ।

अध्ययनमा सहभागीमध्ये १५ दशमलव एक प्रतिशतले बारम्बार दिक्क लाग्ने गरेको बताएका छन् । सहभागी धेरैले कोरोना सङ्क्रमण भएको बेला र त्यसपछि पनि परिवार वा समुदायबाट माया, प्रेम नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू