अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 11:47

नेपालमा थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:१९ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त अवधिमा ९ हजार ४ सय ४९ जनाको पीसीआर परिक्षण हुँदा १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो ।

नेपालमा हालसम्म ६७ हजार ८ सय ४ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९ सय ५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापा, सिरहा, काठमाडौं, ललितपुर, बर्दियामा गरि जम्मा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू