अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

नेपाली भूमिमा भवन नबनाएको चीनको दाबी

बिआरटीनेपाल २०७७ असोज ७ गते ०:५५ मा प्रकाशित

चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति विज्ञप्ति जारी गर्दै चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने उल्लेख गरेको छ ।

दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको पनि प्रष्ट्याएको छ । चीनले सधै नेपालको सम्प्रभूता र क्षेत्रीय अखण्डताको सम्मान गर्नेसमेत विज्ञप्तिमा प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू