अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

बिआरटीनेपाल २०७७ असोज ७ गते ०:१३ मा प्रकाशित

भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक पठाउन बन्द गर्ने सहमति बनेको छ। सीमा क्षेत्रमा जारी तनावलाई लिएर कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी गरेर थप सैनिक नपठाउनेसहितका सहमति बनेको जानकारी दिएका हुन् । दुई देशबीच अहिले जुन अवस्था छ त्यसमा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ ।

गएको सोमबार चीन र भारतबीच कमाण्डर तहमा वार्ता भएको थियो । दुई देशका नेताबीच भएको वार्तालाई थप बलियो बनाउने सहमति गम्भीरता पूर्वक लागु गर्ने उल्लेख छ । सीमा क्षेत्रमा अब सैनिकको संख्या नबढ्ने दुवै देशले जनाएका छन् । दुवै देशले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति भएको छ ।

अंग्रेजी पत्रिका द हिन्दूका अनुसार अहिले नै सैनिक पछि हट्ने सहमति भने बनेको छैन । तर पछिल्लो सहमति अनुसार एलएसीमा निर्माण कार्य तत्काल हुने छैन । यस्तै जतिसक्दो चाँडो कमाण्डर तहको सातौँ वार्ता गर्ने पनि सहमति भएको छ । सीमामा शान्ति कायम गर्नका लागि ठोस कमद चाल्ने पनि उल्लेख छ । हिन्दी पत्रिका दैनिक जागरणले सन् २०१७ मा डोकलाममा भएको तनावपछि एलएसी चीनले आफ्नो क्षमता बढाएको उल्लेख छ । डोकलाम घटनापछि चीनले एलएसीमा क्षमता दोब्बर पारेको खबरमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू